site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एआईले बनाएका फोटोमा वाटरमार्क परीक्षण गर्दै गुगल

काठमाडौं । गुगलले भ्रामक सूचनाविरुद्ध लड्न कृत्रिम बुद्धिमत्ता (एआई)बाट बनाइएको तस्बिर चिनाउन डिजिटल वाटरमार्कको परीक्षण थालेको छ ।

गुगलको एआई विकाससम्बन्धी काम गर्ने डिपमाइन्डको सिन्थआईडीले एआईबाट बनाइएका तस्बिर पहिचान गर्नसक्ने बताइएको हो ।

सिन्थआईडीले तस्बिरमा प्रत्येक पिक्सेलमा परिवर्तन गरेर वाटरमार्क इम्बेड गर्ने हुँदा यो मानिसको आँखाबाट नदेखिने र कम्प्यूटरले मात्रै पढ्न सक्ने बताइएको छ ।

तर, यो गम्भीर किसिमले तोडमोड गरिएका फोटोहरूविरुद्ध भने काम नगर्ने कम्पनीको भनाइ छ ।

सामान्यतया फोटोमा लेखेर राखिने वाटरमार्कहरू सजिलै हटाउन र फेरबदल गर्न सकिने हुन्छ । तर, अहिलेका टेक कम्पनीहरूले ह्यासिङ प्रविधि प्रयोग गरेर अदृश्य वाटरमार्क प्रयोग गरिरहेका छन् ।

कुनै तस्बिर एआईबाट बनाइएको हो वा होइन भनेर थाहा पाउन गुगलको यो सफ्टवेयर प्रयोग गर्नुपर्नेछ ।
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro