site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाल अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्यो : शेखर कोइराला
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको बताएका छन् । बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले सुन तस्करी, ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थीलगायतका घटनाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको प्रमाण दिने बताए ।

नेपालमा एकपछि अर्को अपराधको घटना आउन थालेको र अपराधको घटनामा विदेशी नागरिकसमेत देखिनुले अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएको आफूले बुझेको बताए । अहिले देखिएका घटनाहरूले विश्वस्तरमा नेपालको साख गिर्दै गएको उनको भनाइ छ ।

अपराध र भ्रष्टाचार रोक्न नेपाली कांग्रेसले राजनीतिकरूपमा अग्रसरता लिएर अघि बढ्नुपर्ने बताए । नेता कोइरालाले राजनीतिकरूपमा अग्रसरता लिएर अघि बढ्ने काम कांग्रेसबाहेक अरूले गर्न नसक्ने बताए ।

 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  २३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro