site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रघुजीको ‘अभिव्यक्ति’को विरोध

काठमाडौं । नेकपा (एमाले)का नेता एवं सांसद रघुजी पन्तविरुद्ध बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ । नेपाल शेर्पा विद्यार्थी संघ र शेर्पा समुदाय संघर्ष समितिको आह्वानमा माइतीघरमा प्रदर्शन गरिएको हो ।

०७८ पुस १९ गते पन्तले शेर्पा समुदायका बारेमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै प्रदर्शन गरिएको छ । पन्तले ‘५/६ वर्ष भयो शेर्पाहरू नेपाल आएको, शेर्पा भन्ने जात नै होइन’ भन्ने अभिव्यक्ति दिएको प्रदर्शनकारीको आरोप छ । तर, उनले ‘५/६ सय वर्षअघि’ भनेको बताइएको छ ।

उक्त अभिव्यक्ति फिर्ता लिन शेर्पा संघले पन्तलाई पाँच दिनको ‘अल्टिमेटम’ दिएको टसी शेर्पाले बताए । त्यसो नगरिए थप आन्दोलन गर्ने शेर्पाको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro