site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीको बैठक : मतभिन्नता टुंग्याएर जान आग्रह, पार्टीमा आकर्षण घटेकोप्रति चिन्ता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठकमा नेताहरूको बीचमा भएको विमति हल गरेर जान केन्द्रीय सदस्यहरूले सुझाएका छन् ।

अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरूले नेताबीच विचारका सन्दर्भमा देखिएको विमति हल गरेर एकताबद्ध हुन आग्रह गरेका हुन् ।  

“जबज लगायतका विषयमा नेताहरूको विमति छ । त्यसलाई हटाउँदै एक मत भएर जाऔंं भन्ने कुरा आएको छ,” एक केन्द्रीय सदस्यले भने ।

जबजका सन्दर्भमा अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालबीच एकमत छैन ।

त्यस्तै, पार्टीमा आकर्षण घटेको विषयमा पनि उठान भएको छ । पार्टीप्रति आकर्षण घट्दै गएकाले सचेत हुनुपर्नेमा सदस्यहरूले धारणा चिन्ता जाहेर गरेको ती नेताले सुनाए । पार्टीबाट नेता कार्यकर्ता नेकपा (एमाले) जाने क्रम बढेकोमा नेताहरूले चिन्ता जाहेर गरेका हुन् ।

“पार्टीमा आकर्षण घटेको छ । आकर्षण बढाउनका लागि ध्यान पुर्‍याउनुपर्छ भन्ने कुरा जोडदार रूपमा उठेको छ,” एक नेताले भने ।

बैठकले तल्ला तहको महाधिवेशनको मिति टुंग्याउने नेताहरू बताउँछन् । केन्द्रीय महाधिवेशनको मिति भने तल्ला तहको महाधिवेशन सकिएपछि मात्रै सचिवालयले तोक्ने तयारी रहेको बताइएको छ ।

उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आजको बैठकमा ८२ जनाले आफ्नो धारणा राखेका छन् । बोल्नका लागि ११० जनाले नाम टिपाएका छन् । बैठक भोलि सक्ने तयारी छ ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro