site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एक महिनामा नेपाल भित्रिए ३४ करोडका विद्युतीय गाडी

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना साउनमा ३४ करोड रुपैयाँ बराबरका ११० वटा विद्युतीय कार नेपाल भित्रिएका छन् ।

भन्सार विभागका अनुसार ३४ करोड ६ लाख ११ हजार रुपैयाँका ११० कार, जीप र भ्यान भित्रिएका हुन् ।

यसबाट सरकारले १८ करोड २३ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा भने, ६२ करोड १६ लाख ८३ हजार रुपैयाँ बराबरका २११ विद्युतीय गाडी नेपाल भित्रिएका थिए ।

साउनमा ५० किलोवाटसम्मका २१, १०० किलोवाटसम्मका ८१, २०० किलोवाटसम्मका पाँच र त्यसभन्दा माथिका तीन गाडी भित्रिएका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro