site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुन तस्करी प्रकरणमा सरकार कसैको पक्षमा र कसैको विपक्षमा देखिनुहुँदैन : सिटौला

काठमाडौंं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सुन तस्करी प्रकरणबारे सरकार जनताको पक्षमा इमान्दार देखिनुपर्ने बताएका छन् । आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार निष्पक्ष हुनुपर्ने बताए ।

“कसैलाई पक्र, कसैलाई नपक्र म त भन्दिनँ । म अनुसन्धानकर्ता होइन । तर अनुसन्धानकर्ताले निष्पक्ष ढंगले शासन प्रशासन चलाउनुपर्छ,” उनले भने, “संविधानको मूल मर्म र भावना त्यही नै हो । सरकार जनताको नजरमा इमान्दार देखिनुपर्छ । कसैको पक्षमा, कसैको विपक्षमा सरकार देखिनुहुँदैन । निष्पक्ष हुनुपर्छ ।”

त्यस्तै, उनले संघीयता कार्यान्वयनको पाँच वर्ष खेर गएको बताए । संविधान जारी भइसकेपछि संविधानसँग जोडिएका कानुनहरु बनिसक्नुपर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro