site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित, नेम्वाङ भन्छन्– जानकारी भएन 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले भने अनुपस्थित रहेको छ । राष्ट्रपति पौडेलले बिहान साढे ८ बजे संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई छलफलका लागि बोलाएका थिए ।

सबै दलको सहभागिता भए पनि एमाले भने अनुपस्थित छ । नेकपा एमालेका एक नेताले दिएको जानकारीअनुसार राष्ट्रपतिले बोलाएको छलफलप्रति एमालेको विमति छ ।

“हिजो बेलुकी नै लगभग टुंगिएको छ,” एमाले दलका उपनेता सुवास नेम्वाङले भने, “प्रधानमन्त्रीकै पहलमा लगातार बैठक भइरहेको छ । प्रधानमन्त्रीकै सल्लाहमा राख्ने हो क्यारे । राष्ट्रपतिले कताबाट राख्नुभयो थाहा भएन ।”

नेम्वाङले बैठकबारे आफूहरुलाई जानकारी नभएको बताए । साउन १० गतेदेखि लगातार संसद् बैठक अवरुद्ध भइरहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro