site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा सम्भावित मध्यावधि रोक्न पनि थापाले विश्वासको मत पाउनुपर्छ : राजेन्द्र राई 

विराटनगर । नेकपा (एकीकृत समाजवादी) कोसी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले सम्भावित मध्यावधि निर्वाचन रोक्नका लागि भए पनि उद्धव थापा नेतृत्वको सरकारले विश्वासको मत पाउनुपर्ने बताएका छन् ।

प्रदेश सभाको जारी बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने तय भएको छ ।  प्रदेश सभा बैठकमा बोल्दै राईले तत्कालका लागि आफ्नो दल मध्यावधि निर्वाचनको पक्षमा नरहेको भन्दै थापालाई विश्वासको मत दिन आग्रह गरे ।

कोसी प्रदेशको राजनीतिक अवस्था कठिन परिस्थितिमा पुगेको भन्दै राईले यसबारे दलहरूले निर्णय गर्नुपर्ने बताए । उनले कतिपय अवस्थामा सत्तापक्षमा बस्नेहरूले विपक्षको बजेटलाई मरुभूमिजस्तो बनाउने काम भएको भन्दै उनले सबै दल मिलेर बजेटलाई पूर्णता दिनुपर्ने बताए ।

“बजेटभन्दा अगावै विश्वासको मत लिने तयारी गरिएको थियो । तर यसलाई प्रतिस्थापन गर्ने कुरा राम्रो हुँदैन भनेर पहिले बजेट नै पास गर्ने सहमति भएको हो,” उनले भने ।

तर, मुख्यमन्त्रीलाई विश्वासको मत लिने कुरामा अप्ठेरो पार्ने काम भएको उनले बताए ।
 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro