site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाल महिला संघको विवाद उत्कर्षमा : शेखर पक्षले तोक्यो ९ जिल्लामा समानान्तर अध्यक्ष
फाइल तस्बिर ।

काठमाडौं । नेपाल महिला संघमा देखिएको विवाद उत्कर्षमा पुगेको छ ।

सभापति शेरबहादुर देउवा निकट मानिने महिला संघका अध्यक्ष उषा राउत मिश्रले एकलौटी रूपमा ९ जिल्लाका अध्यक्ष हटाएर अर्को अध्यक्ष तोकेपछि शेखर पक्षले पहिले निर्वाचित अध्यक्षहरूलाई नै जिम्मेवारी तोक्दै समानान्तर कार्यसमिति घोषणा गरेको हो ।

शेखर कोइराला निकट महिला संघका केन्द्रीय सदस्यहरूको टोलीले सिरहामा मीनाकुमारी थापामगर, सोलुुखुम्बुमा छिल्यामु शेर्पा, ताप्लेजुङमा मातृकादेवी प्रसाइ, महोत्तरीमा अनिता शर्मा, बारामा कवितादेवी कलवार, पर्सामा विद्या श्रेष्ठ, कास्कीमा शारदा गिरि, नवलपरासी पश्चिममा मिठ्ठु केसी र हुम्लामा ज्ञानु रोकायालाई अध्यक्ष घोषणा गरेको हो ।

“नेपाली कांग्रेसले विधिको शासन, लोकतान्त्रिक व्यवस्था र नागरिक स्वतन्त्रताका लागि संघर्ष गर्दै आएको विषय दोहोर्‍याई रहनु पर्दैन,” महिला संघको शेखर पक्षले जारी गरेका विज्ञप्तिमा भनिएको छ, “हामीले अवलम्बन गरेको लोकतान्त्रिक व्यवस्था र शासन विधिबाट सुनिश्चित गरिने प्रणाली हो । यस प्रणालीलाई सञ्चालन गर्ने राजनीतिक दलहरूले आफूलाई पनि विधिपूर्वक सञ्चालन गर्नुपर्दछ ।”

विज्ञप्तिमा अध्यक्ष मिश्रले गरेको एकलौटी निर्णय सच्याउन स्वंयम अध्यक्ष र पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएको भन्दै कांग्रेस नेतृत्वले भातृसंस्थाहरू विधिपूर्वक चलाउनु नसकेको आरोप लगाइएको छ ।

“..नेपाल महिला संघको केन्द्रीय तदर्थ समितिको अध्यक्ष उषा राउत मिश्रले विनाकारण विधि पद्दती र विधान विपरित तपाईंलाई हटाई अर्को व्यक्तिलाई जिल्ला अध्यक्ष बनाएको भन्ने कुरा सामाजिक सञ्जालमार्फत प्रचार गरियो,” जिल्ला पठाएको पत्रमा भनिएको छ, “हामीले अध्यक्षको उक्त कदम लोकतान्त्रिक विधि पद्धति र नेपाल महिला संघको विधान विपरित भएको भन्दै पार्टी सभापतिज्यू, उपसभापतिज्यूहरू, महामन्त्रीज्यूहरू सहमहामन्त्रीज्यूहरूको ध्यानाकर्षण गराइसकेका हौँ ।”

उनीहरूले ध्यानाकर्षण गराउँदा समेत संस्थालाई विधिमा सञ्चालन गर्न पहल नगरिएको भन्दै समानान्तर कार्यसमिति घोषणा गरेको हो ।

“संगठनलाई विधिपूर्वक सञ्चालन गर्नका लागि हामीले गरेको आग्रहलाई महिला संघ र कांग्रेसको नेतृत्वले कमजोरीका रूपमा लियो,” महिला संघकी नेतृ रिता शाहीले भनिन्, “त्यसैले बाध्य भएर विधिबाट आएकाहरूलाई नै जिम्मेवारी तोकेर अघि बढेका हौँ ।”

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro