site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्धका उजुरीकर्तासित छलफल जारी

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिएका व्यक्तिहरूसित संसदीय सुनुवाइ समितिमा छलफल जारी छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा छलफल गरिएको हो ।

श्रेष्ठविरुद्ध इमेलबाट तीन उजुरी परेका छन् । आइतबार समितिको बैठकमा उनीविरुद्धका उजुरी खोलिएको थियो ।

उजुरीकर्तासित छलफलपछि आजै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग छलफल गर्ने समय तोकिएको छ ।

गएको साउन २४ गते समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो । त्यसअघि, साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकबाट सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएको थियो ।

समितिले संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ११:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro