site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिनिधिसभा बैठक : सुनील शर्मा पक्राउ र थुनामुक्तको जानकारी गराइने
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि बस्दै छ । दोस्रो अधिवेशनको ४९औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुने तय छ ।

बैठकका लागि संसद् सचिवालयले विभिन्न सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् ।

सभामुख घिमिरेले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् ।

यस्तै, उनले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा सभामुख घिमिरेले सांसद टोपबहादुर रायमाझीको पद निलम्बन भएको जानकारी गराउनेछन् । उनले सांसद सुनीलकुमार शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी पनि गराउनेलगायत सम्भावित कार्यसूची छन् ।

यी अधिकांश सम्भावित कार्यसूची यसअघिकै बैठकका लागि तय गरिएको थियो । तर, लगातार अवरुद्ध गरिँदा बैठकका काम–कारबाही प्रभावित हुँदै आएको छ ।

६० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले बैठक अवरुद्ध गर्दै आएका छन् । सरकारी निकायले नै उक्त प्रकरणको अनुसन्धान गरिरहेकाले अर्को समिति आवश्यक नभएको सत्तापक्षले तर्क गरिरहेको छ । छानबिन समिति नबनाएसम्म बैठक सञ्चालन गर्न नदिने एमालेको अडान छ ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  २०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro