site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
धरानमा डेंगी नियन्त्रणका लागि सघाउन ६ राजनीतिक दलको माग
फाइल तस्बिर ।

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकामा फैलिएको डेंगी रोग नियन्त्रणका लागि सघाउन प्रमुख राजनीतिक दलले कोसी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

मुख्यमन्त्री उद्धव थापालाई शनिबार ध्यानाकर्षणपत्र बुझाउँदै ती दलका नेताले डेंगीले निकै संकटको अवस्थाबाट गुज्रिरहेको धरानमा स्वास्थ्य सहयोग गर्न माग गरेका हुन् ।

धरानका नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताले विराटनगरमा मुख्यमन्त्री थापासँग भेट गरी त्यहाँको वर्तमान समस्याबारे जानकारी गराए ।

उक्त ध्यानाकर्षणपत्रमा स्थानीय सरकारले मात्र डेंगी नियन्त्रणमा प्रभावकारी कार्य गर्न नसकेको उल्लेख छ । प्रदेश सरकारले विशेष कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिइएको छ । परीक्षणको दायरा बढाउन र उचित उपचारको प्रबन्ध गर्न पनि माग गरिएको छ ।

पत्रमा धरानको विपद् व्यवस्थापन समितिका तर्फबाट स्वास्थ्य संकटकाल लागु गर्न आग्रह गरिएको प्रस्तावमा सरकारले ध्यान नदिएको पनि उल्लेख छ । 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro