site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद् अवरोध नहोस् भन्ने हो, मैले मात्र सक्ने अवस्था छैन : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्को अवरोध तत्काल नहट्ने संकेत गरेका छन् ।

धुलिखेलमा संसद्–सञ्चार सम्बन्ध विषयक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले आफूले सभामुखको हैसियतमा सत्ता पक्ष र प्रतिपक्षी दलबीच छलफल र सहमतिका लागि सहजीकरण गरे पनि सफल हुन नसकिरहेको बताए ।

उनले भने, "संसद् अवरोध नहोस् भन्ने हो । मैले मात्र सक्ने अवस्था छैन । दलहरूबीच छलफल चलिरहेको छ ।"

सुन तस्करीको प्रकरणलाई लिएर सत्ता पक्ष र प्रतिपक्षी दलको आफ्नै अडानका बीच संसद् खुल्न नसकेको संकेत गरे । भने, "सभामुखको लिमिटेसन हुन्छ । अहिलेको इश्यू सुन आउने कुरामा उच्चस्तरीय समिति बनाउने नबनाउने भन्नेमा छ ।"

सरकार र प्रतिपक्षको कारणबाट अहिले सदन रोकिएको उनले बताए । "यो बीचमा आठवटा बैठक भए । त्यसमा पाँच बैठक कार्यसूचीमा लग्न नसकेर रोकियो, तीनवटा बैठक कार्यसूचीमा नगइ कार्यव्यवस्था परामर्श समिति र सचेतकसँग छलफल गरेर बैठक सूचना टाँस गरेर रोकियो," उनले भने ।

सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बसेर संवाद भइरहेको छ । आजमात्र प्रधानमन्त्रीसँग २० मिनेट बसेर कुराकानी भएको उनले बताए ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  २०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro