site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गृहमन्त्री राजीनामा गर्न बाहेक रोष्टममा जानु अनौठो कुरा हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्को रोष्टममा राजीनामा दिन बाहेक अरु कुरामा बोल्न जानु अनौठो कुरा भएको बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले गृहमन्त्री असफल भएको समेत आरोप लगाए । केही दिन अघि गृहमन्त्रीले सुन तस्करी प्रकरणबारे सदनमा जवाफ दिएका थिए ।

“गृहमन्त्रीले त खासमा रोष्टममा उभिन जानु आफैँ... राजीनामा गर्न बाहेक त्यहाँ जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ,” ओलीले भने, “चुरोट भनेर ल्यायो सुन हुन्छ । सुन भनेर ल्यायो राखेको ठाउँबाट चोरी हुन्छ । गृहमन्त्रीको जवाफदेही होइन त्यो ?”

 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro