site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनमतको दाबी संघीय मामिला मन्त्रालयमा

काठमाडौं । पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा जनमत पार्टीलाई सहभागी गराउने तयारी भएको छ ।

जनमतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दाबी गरेको छ । छिट्टै मन्त्रिपरिषद् हेरफेर गर्ने र जनमतलाई सरकारमा ल्याइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जनमतले अनितादेवी साहलाई मन्त्री बनाउन यसअघि नै सिफारिस गरेको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले आज बिहान बाह्रखरीसँगको संक्षिप्त कुराकानीमा आजै मन्त्रिपरिषद् हेरफेर हुने बताएका थिए ।

अहिले सरकारमा जनमतलाई सहभागी गराउन माओवादीका एक मन्त्रीलाई राजीनामा गराउनुपर्ने हुन्छ । तर, अहिलेसम्म कुन मन्त्री हटाइने भन्ने टुंगो भएको छैन । प्रधानमन्त्री प्रचण्ड चितवनबाट अझै फर्किसकेका छैनन् ।

आजै मन्त्रिपरिषद् विस्तार नहुने सम्भावना बढेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।

“प्रधानमन्त्री चितवनबाट फर्किनु भएको छैन । कुन मन्त्रीलाई फिर्ता बोलाउने भन्ने भइरहेको छैन । आजै मन्त्रिपरिषद् हेरफेर हुने सम्भावना कम छ,” ती सदस्यले बाह्रखरीलाई भने ।

जनमत पार्टीका एक नेताले पनि आफूहरूले संघीय मामिला मन्त्रालयमा दाबी गरेका तर अहिलेसम्म आजै विस्तार हुने जानकारी नआएको बताए ।

“आजै बिस्तार हुने औपचारिक जानकारी आएको छैन । हामीले संघीय मामिला मन्त्रालयमा दाबी गरेका छौँ,” ती जनमतका नेताले भने ।

 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro