site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
लघुकथाकृति ‘हराएको सहर’माथि परिचर्चा 

काठमाडौं । लघुकथाका क्षेत्रमा सक्रिय समूह ‘विलोम’ले ‘स्रष्टा, सृजना र समीक्षा’को थालनी गरेको छ । समूहबाट यसअघि अग्रज लघुकथाकारसँग भेटघाट र वार्ता गरिँदै आएको थियो ।

‘स्रष्टा, सृजना र समीक्षा’मा समकालीन युवापुस्ताका सर्जकका कृतिमाथि समीक्षा एवम् परिचर्चा गरिने विलोमले जनाएको छ ।

शनिबार समूहद्वारा आयोजित कार्यक्रममा लघुकथा लेखनमा सक्रिय मनीषकुमार शर्मा ‘समित’को लघुकथाकृति ‘हराएको सहर’माथि समीक्षा गरियो ।

सो कृतिमाथि विनोद नेपाल, गणेश घिमिरे ‘मार्मिक’, मन्दिरा मधुश्री, रामकुमार पण्डित, ममता मृदुल, दीपक लोहनी, रेणु अधिकारी ‘मौनता’ र रेहित सैँजुले पाठकीय टिप्पणी गरेका थिए ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  २०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro