site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
टोरन्टो फिल्म फेस्टिभलमा आफ्नो सिनेमा पुगेपछि के भन्छन् नवीन ? 
फाइल तस्बिर

काठमाडौं । निर्देशक नवीन सुब्बाले नेपाली सिनेमा टोरन्टो फिल्म फेस्टिभलमा छनोट हुनु आफैँमा खुसीको कुरा भएको बताएका छन् । यो प्लेटफर्मलाई नेपाली मेकरले उपयोग गर्न सक्नुपर्नेमा उनको जोड छ । 

“यो समान्यतः नेपाली सिनेमा गइरहेका फेष्स्टिभलभन्दा अलि फरक फेस्टिभल हो,” आफ्नो सिनेमा ‘गाउँ आएको बाटो’ टोरन्टो फिल्म फेस्टिभलमा छनोट पछि नवीनले बाह्रखरीसँग भने, “यो म र नेपाली सिनेमा उद्योगका लागि पनि निकै राम्रो कुरा हो ।” 

टोरन्टो फिल्म फेस्टिभलमा नेपाली सिनेमा छनोट हुनु भनेको नेपाली सिनेमा विश्वका फिल्म मेकरलाई देखाउने अवसर पनि भएको उनको भनाइ छ । “नेपाली कथा विश्वलाई देखाउने र साक्षात्कार गर्ने अवसर पनि हो,” नवीन अगाडि थप्छन्, “याे आफ्नो कथा विश्वभरका मेकरलाई पिच गर्ने उपयुक्त अवसर पनि हो ।” 

नेपाली मेकरले राम्रो मार्केटिङ गर्न सके विदेशी लगानी भित्र्याउनका लागि यो प्लेटफर्मलाई माध्यम बनाउन सकिने उनले बताए । “यसका लागि राम्रो मार्केटिङ गर्न सक्नुपर्छ । मार्केटिङको योजना बनाएर अगाडि बढ्न म साथीहरूलाई आग्रह पनि गर्छु,” उनले भने । 

नीवनको ‘गाउँ आएको बाटो’ सेप्टेम्बर ७ देखि १७ सम्म सञ्चालन हुने फेस्टिभलमा फिल्मको वर्ल्ड प्रिमियर हुने छ ।

नवीन सुब्बाले निर्देशन गरेको चलचित्रको मुख्य भूमिकामा कलाकार दयाहाङ राई र पशुपति राई छन् ।

राई समु्दायको कथा भन्ने चलचित्रमा गाउँमा गाडीको बाटो पुगेपछि बाउ र छोराको सम्बन्धमा परेको प्रभावको कथा समेटिएको छ । चलचित्रलाई आमोद राईले निर्माण गरेका हुन् । 


 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro