site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘महानगर’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र महानगर (वान नाइट इन काठमाडौं)को ट्रेलर सार्वजनिक भएको छ । भदौ ८ देखि देशभर प्रदर्शनमा आउने फिल्ममा कार्म र मेनुका प्रधान प्रमुख भूमिकामा रहेका छन् । 

चलचित्रमा मेनुकाले सपनाको बोझले थिचिएकी युवतीको भूमिका निर्वाह गरेको देखिन्छ । कार्म उनलाई सपनाको बोझबाट बाहिर आउन सघाइरहेका देखिन्छन् । यी दुईका अलावा फिल्ममा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डे, राज पौडेल आदि कलाकारको पनि अभिनय छ ।

माउन्टेन रिभर फिल्मस् तथा गो विन प्रोडक्सन्ससँगको सहकार्यमा मिडलवे फिल्मस्ले निर्माण गरेको महानगरको लेखन तथा निर्देशन मोहन राईले गरेका हुन् । चलचित्रमा नरेन्द्र मैनालीको छायाङ्कन, परीक्षित झाको सम्पादन रहेको छ । चलचित्रको कार्यकारी निर्माता गोविन्द पराजुली र नवनिधि दाहाल क्रिएटिभ प्रोड्युसर हुन् ।

 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro