site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एलन मस्कले भने– मार्क जुकरबर्गसँगको फाइट एक्समा लाइभ हुन्छ

काठमाडौं । एक्स (पहिलेको ट्विटर)का प्रमुख एलन मस्कले मेटाका प्रमुख मार्क जुकरबर्गसँगको फाइट लाइभ गर्ने बताएका छन् ।

आइतबार एक्समा लेख्दै मस्कले भनेका छन्, “जुक र मस्कबीचको फाइट एक्समा लाइभ हुने छ । त्यसबाट भएको आम्दानी भेटेरनहरूका लागि दान हुने छ ।”

यस्तै, मस्कले लड्नकै लागि दिनहुँ तौल उठाइरहेको पनि बताएका छन् । वर्कआउट गर्न समय नभएकाले काम गसँगै वेट लिफ्ट गरिरहेको मस्कले बताएका छन् ।

केही साताअघि मस्कले जुकरबर्गसँग कुस्ती खेल्न तयार रहेको भनेका थिए । जुकरबर्ग लामो समयदेखिका कुस्ती खेलाडी हुन् भने मस्कलाई भने त्यस्तो अनुभव नभएको बताइन्छ ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro