site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी बैठकमा बाबुराम र विप्लवलाई पार्टीमा ल्याउन माग 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)काे केन्द्रीय समिति बैठकमा नेताहरूले बाबुराम भट्टराई नेतृत्वकाे नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेकपालाई एकीकरण प्रक्रियामा ल्याउन माग गरेका छन् ।

जनयुद्धमा सँगै लडेकाहरू एक भएर जानुपर्ने उनीहरूको मत छ । आजकाे बैठकमा केन्द्रीय सदस्य सुवाेध श्रीपालीले भट्टराई र विप्लवलाई पार्टीमा ल्याउनुपर्ने बताए ।

"गुटउपगुटकाे अन्त्य हुनुपर्छ । बाबुराम र विप्लवसँग एकता गरेर जानुपर्छ । हामी आफैँ मिलेर जानुपर्छ । बाबुराम विप्लव आउँदा हामीभित्रै बाझिने अवस्था रहनुहुँदैन," उनले बैठकमा भने ।

भट्टराईले पार्टी एकतका लागि प्रस्ताव नै पठाएका छन् भने विप्लव भित्र्याउने तयारी भइरहेकाे छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  २१:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro