site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
किन बिजनेसबाट अलग भए दिवाकर र दिपीका ?
तस्बिर दिवाकर भट्टराईको फेसबुकबाट ।

काठमाडौं । निर्देशक दिवाकर भट्टराई र नायिका दिपीका प्रसाईं बिजनेसबाट अलग भएका छन् । उनीहरूले रेष्टुरेन्ट र सहकारीमा लगानी गरेका थिए । 

दिवाकारले काठमाडौंको गैरीधारामा लञ्च हाउस र लभ स्टेशन नामक रेष्टुरेन्ट खोलेका थिए । उनकी श्रीमतीसमेत रहेकी अभिनेत्री दिपीकाले ललितपुरको कुमारीपाटीमा हिमालयन बहुउद्देश्यी सहकारी संस्था सञ्चालन गरेकी थिइन् ।

उनीहरूले कोभिड–१९ को संक्रमणको त्रासले सिनेमा उद्योग ठप्प भएको समय सहकारी र रेष्टुरेन्टमा लगानी गरेका थिए । दिवाकर लञ्च हाउस र लभ स्टेशनमा करिब एक करोड रुपैयाँ लगानी भएको बताउँछन् । 

“वास्तवमा हामीले बिजनेसमा समय दिन सकेनौं । अर्को कुरा बिजनेसमा हाम्रो अनुभव पनि थिएन । त्यसैले हामीले बिजनेसबाट अलग हुने निर्णय गर्यौं,” दिवाकर बाह्रखरीसँग भन्छन्, “दुवैतिर काम गर्दा बिजनेसमा पूरै समय दिन सकिएन । पूरै समय नदिँदा सोचेजस्तो सफलता हात पर्ने कुरा पनि भएन ।” बिजनेस पनि राम्रो नहुने र चलचित्रमा पनि समय दिन नसकेको अनुभूत भएपछि आफूहरूले अन्य क्षेत्रमा गरेको लगानी निकालेको दिवाकरको भनाइ छ । 

आफूले जानेको र बुझेको सिनेमा क्षेत्र नै भएकाले अब सिनेमा क्षेत्रमा नै फूलटाइम काम गर्ने दिवाकर बताउँछन् ।   

पर्याप्त अनुभव र क्षमताको अभाव भएमा बिजनेसमा सफल हुन कठिन हुने आफूले छोटो समयमा अनुभव गरेको उनले बताए ।  

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro