site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बस्न कुर्सी नपाएपछि पूर्वमुख्यमन्त्री कार्कीले गरे शपथ समारोह बहिस्कार
फाइल तस्बिर ।

विराटनगर । अघिल्लोपटक पनि मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण समारोहमा अनुपस्थित भएका एमाले कोसी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले बुधबारको शपथ ग्रहण पनि बहिस्कार गरेका छन् ।

आफ्ना लागि बस्ने कुर्सी नराखिएको भन्दै पूर्वमुख्यमन्त्रीसमेत रहेका कार्की समारोहबाट निस्किएका हुन् ।

“निवर्तमान मुख्यमन्त्रीका लागि कुर्सी राखिएको हुन्छ । तर प्रदेश प्रमुखले राख्नुभएनछ,” कार्कीले भने ।

बुधबार अपराह्नका लागि प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री उद्धव थापासहितका मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम राखिएको थियो ।

चार दलको समर्थनमा नेपाली कांग्रेसका थापा मुख्यमन्त्री बनेका हुन् ।
 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro