site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा उपसभामुखको राजीनामा आउँदैन, गठबन्धन सरकार पूर्ण कार्यकाल चल्छ

काठमाडौं । कोसी प्रदेश नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्र आङ्बोले उपसभामुख सृजना दनुवारले राजीनामा नदिने दाबी गरेका छन् । 

कोसीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले उपसभामुखलाई राजीनामा दिनुपर्ने कुनै बाध्यता नरहेको बताए ।

"सभामुख नहुँदा उपसभामुखले सदन चलाउनुहुन्छ । उपसभामुखलाई राजीनामा दिनुपर्ने कुनै बाध्यता छैन । त्यसैले हाम्रो गठबन्धनले अहिले उपसभामुको राजीनामाको परिकल्पना गरेको छैन," उनले भने ।

अहिलेकै सरकारले ३० दिनभित्र विश्वासको मत पाउने उनको दाबी छ ।

"अहिलेको सरकारले ३० दिनभित्र विश्वासको मत पाउँछ । पूर्ण कार्यकाल चलाउँछ । गठबन्धनसँग बहुमत छ," उनले भने ।

दनुवार एमालेबाट उपभामुख बनेकी हुन् ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro