site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिनिधिसभा बैठक सुरु हुने, समिति गठन नगरिए एमालेले अवरोध गर्ने 
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक सञ्चालन गर्ने विषयमा दलहरू सहमत भएका छन् ।

मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका नेताहरू बैठक चलाउन सहमत भएको नेपाली कांग्रेसका सांसद एवं समिति सदस्य रामहरि खतिवडाले जानकारी दिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले पनि बैठक सञ्चालन हुने जनाएको छ । सहमतिअनुसार संसद् बैठकमा एमाले सांसदले आफ्ना कुरा राख्नेछन् ।

त्यसपछि करिब क्विन्टल सुन तस्कारी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारले नमाने बैठक चल्न नदिने एमालेको तयारी छ । एमाले सचेतक महेश बर्तौलाले बैठक चल्न दिने र आफ्ना कुरा राख्ने बताए ।

“बैठक चल्छ, हामी समिति गठनको माग गर्छौँ । सरकार तयार भए बैठक अघि बढ्छ, नभए हामी अवरोध गर्छौँ,” उनले बाह्रखरीसित भने ।

सो सुन तस्करी प्रकरणमा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा र उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ । तर, सरकार यस विषयमा सकारात्मक छैन । सोही कारण संसद् बैठक बस्न सकेको छैन ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro