site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिनिधिसभाको बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दोस्रो अधिवेशनको ४५औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुनेछ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् ।

सभामुख घिमिरेले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् ।

यस्तै, सभामुखले घिमिरेले सांसद टोपबहादुर रायमाझीको पद निलम्बन भएको जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदनसमक्ष पेस गर्नेछन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यसअघि, यिनै सम्भावित कार्यसूचीसहित हिजोका लागि बैठक तय गरिएको थियो । तर, नेकपा (एमाले)ले अवरुद्ध गर्ने चेतावनी दिएपछि सूचना टाँस गरेर आजका लागि बैठक बोलाइएको हो ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro