site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महानगरले कार्यालयमा डोजर चलाउन खोजेपछि राप्रपाले माग्यो कानुनी आधार

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालयमा डोजर चलाउने तयारी गरेपछि राप्रपाले कानुनी आधार मागेको छ ।

पार्टी प्रवक्ता सगुनसुन्दर लावतीले महानगर कानुनीरूपमा अघि नबढेको बताए । मौखिम आदेशकै भरमा भवन भत्काउन नमिल्ने उनको भनाइ छ ।

“महानगरले प्रक्रिया पूरा गरेकै छैन । हामीले कानुनको प्रक्रियाबमोजिम लिखित कारण खुलाउनुपर्‍यो भनेका छौँ । मौखिक रूपमा आएर मात्र घर खाली गराउन भएन,” लावतीले भने, “कानुनको अधिनमा राप्रपा पनि छ र महानगरपालिका पनि हुनुपर्छ ।” 

उनले महानगरको मौखिक उर्दीपछि शान्ति सुरक्षाको माग गर्दै पार्टीले सम्बन्धित निकायलाई जानकारी गराइसकेको बताए । 

महानगरले नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइन भएको स्थाननजिकै कार्यालय भवन रहेको भन्दै भत्काउन लागिएको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro