site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुनकाण्ड छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सांसद योगश भट्टराईले सुन तस्करी प्रकरणको निष्पक्ष ढंगले छानबिन गर्नुपर्ने बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा उनले विमानस्थलबाट ‘टनका टन सुन’ भित्रिएको उल्लेख गरे । त्यस प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पार्टी नेकपा (माओवादी केन्द्र)का उच्च नेतृत्वको नाम मुछिएको उनले सुनाए ।

“टनका टन सुन आएको छ । प्रमको दलको उच्च नेतृत्वको नाम आएको छ,” उनले भने, “एयरपोर्ट मुलुकको ऐना हो । एयरपोर्टमा तीनवटा प्रत्यक्ष मन्त्रालय छ, प्रम कार्यालय जोडिएको छ । स्वतन्त्र, निष्पक्ष ढंगले छानबिन गर्नुपर्छ ।”

सो प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सरकारलाई निर्देशन दिनुपर्ने उनले बताए ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro