site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
समिति सभापति चयन नगरिए बैठकमा आउँदैनौँ : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसदीय समितिको सभापति चयनमा जोड दिएका छन् । समिति गठन गरिएको तीन महिना बित्दा समेत सभापति चयन नगरिएको भन्दै उनले आपत्ति जनाए ।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा उनले जतिसक्दो चाँडो सभापतिको टुंगो लगाउनुपर्ने बताए ।

“समिति बनाएको तीन महिना भयो, अहिलेसम्म सभापति चयन भएन । एक महिनामा हुनुपर्ने हो,” उनले भने ।

सभापति चयनका लागि राजनीतिक दलमा सहमति गर्नुपर्ने भन्दै उनले त्यसो हुन नसके संसदीय प्रक्रियाबाट अघि बढ्नुपर्ने धारणा राखे ।

“गठबन्धनको बहुमत छ, सभापति बनाएर जाँदा हुन्छ,” उनले भने, “तीन महिनासम्म नेतृत्वविहीन बनाउने ठिक भएन । हाम्रो गम्भीर आपत्ति छ ।”

सभापति नछानी बैठक चलाउने भए आफूहरू उपस्थित नहुने चेतावनी पनि उनले दिए ।

“यसरी नै समिति सभापतिविहीन भएर चल्ने भए हामी समिति बैठकमा आउँदैनौँ । हामीलाई, एमालेलाई कुनै समिति चाहिएको छैन,” उनले भने, “अर्को बैठकबाट हामी अनुपस्थित हुन सक्छौँ, यस्तै रहे ।” 

यो विषयमा आजै आफूहरूले सभामुख देवराज घिमिरेसित भेटेर छलफल गर्ने उनले बताए ।

उनले पछिल्लो समय सरकारले संसद् चलाउन नसकेको आरोप समेत लगाए । साढे सात महिनामा एउटा मात्र विधेयक अघि बढाइएको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro