site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी पदाधिकारी बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दै छ ।

आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने मुख्यसचिव तथा कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए । केन्द्रीय कमिटी बैठकको एजेण्डाको विषयमा बैठक बस्न लागिएको उनले बताए ।

यही साउन १७ गतेदेखि पार्टी केन्द्रीय कमिटीको बैठक बस्दै छ । केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने राजनीतिक र सांगठनिक प्रतिवेदनबारे आन्तरिक छलफल सुरु गरिएको छ । शनिबार बसेको पार्टी पदाधिकारीको बैठकमा सो बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनमाथि छलफल थालिएको थियो ।

त्यसलाई निष्कर्षमा पुर्‍याउनका लागि आज पनि पदाधिकारी बैठक बोलाइएको उनले बताए ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro