site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक स्थगित
फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको निर्धारित बैठक स्थगित गरिएको छ । तत्कालका लागि बैठक स्थगित गरिएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

आवश्यक तयारी पूरा नभएकाले तीनै कमिटीका निर्धारित बैठक स्थगित गरिएको उनले बताए । यही साउन १६ देखि २१ गतेसम्म एकीकृत समाजवादीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बस्ने तय थियो ।

ती कमिटीका बैठकको अर्को मिति केन्द्रीय सचिवालयको बैठकबाट चाँडै तय गरिने उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  २०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro