site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सामन्तवाद ढलेकै रहेनछ, मिटरब्याजपीडितबाट थाहा भयो : मन्त्री गुरुङ

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सामन्तवादको अवशेषका रूपमा मिटरब्याजी भेटिएको बताएका छन् ।

प्रतिनिधिसभाले सन्देशसहित पठाएको मिटरब्याजसम्बन्धी मुलुकी देवानी संहितासहित केही नेपाल ऐन संशोधनका विषयमा बिहीबार राष्ट्रियसभालाई जानकारी गराउँदै उनले यस्तो बताएका हुन् । लोकतन्त्रपछि समान्तवाद ढल्यो भनेर बसिए पनि त्यसले फेरि शिर उठाएको उनले उल्लेख गरे ।

“हामी त लोकतन्त्र आएपछि सामन्तवाद ढल्यो भन्नेमा थियौँ । तर, मिटरब्याजका नाममा सामन्तवाद जरा गाडेर बसेको रहेछ,” मन्त्री गुरुङले भने, “तर पनि म मन्त्री पीडितको पक्षमा उभिनैपर्छ । राष्ट्रियसभा पीडितको पक्षमा उभिनैपर्छ । सिंगो देश र सरकार पीडितको पक्षमा उभिन्छ ।”

राष्ट्रियसभामा उत्पत्ति हुँदा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विधेयक अध्यादेश प्रतिस्थापनका रूपमा आएपछि प्रक्रियामा भएको ढिलाइलाई प्रतिनिधिसभाले विधेयकका रूपमा पारित गरेको उनले जानकारी दिए ।

उनले सारमा विधेयक उही भए पनि रूपमा केही परिवर्तन गरिएको भन्दै प्रक्रियागत त्रुटिका लागि माफी मागेका थिए ।

उनले माफी मागेपछि राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधिसभाले सन्देशसहित पठाएको अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विधेयक पढेर सुनाएका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ११:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro