site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाल सुन तस्करको ट्रान्जिट भएको छ : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले क्विन्टल सुन प्रकाउ प्रकरणमा सरकारले सूचना पाएरभन्दा पनि विदेशीले सूचना दिएपछि यो काण्ड बाहिर आएको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले नेपाल सुन तस्करको ट्रान्जिट बन्दै गएको बताए ।

“नेपाल सुन तस्करको ट्रान्जिट भएको छ । अरु देशले सूचना दिएर पक्राउ परेको भन्ने बजारमा सूचना छ,” उनले भने, “भरिया बोकेर तस्कर जोगाउने काम नगरोस् । जरासम्म पुगोस् । अरुको नाम आएको छ, उनीहरुलाई पनि पक्राउ गरोस् ।”

उनले अनुसन्धानको नाममा झारा टार्ने काम भएको भन्दै छानबिन आयोग बनाएर अनुसन्धान प्रकृया अघि बढाउन माग गरे ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro