site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उच्चस्तरीय छानबिन समिति नबने संसद् चल्न नदिने एमालेको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले गृहमन्त्रीको राजीनामा माग गरेको छ । बुधबारको संसद् बैठकको आकस्मिक समयमै एमालेले सुन काण्डमा गृहमन्त्रीको राजीनामा माग गरेको हो । 

एमाले प्रमुख सचेतक पदम गिरीले सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गरे । उनले समिति नबने संसद् चल्न नदिने पनि बताए । 

“गृहमन्त्रीको मातहतमा सुन तस्करी भएको छ । म कारबाही गर्छु भन्नुहुन्छ, कोट र टारको कुरा गर्छु भन्नुहुन्छ । कुन नैतिकताको धरातलमा पदमा बस्न सुहाउँछ ?,” उनले भने, “ २० क्विटल बढी सुन तस्कर भएको छ, मन्त्रीहरूको सेटिङमा भएको छ । यसको विषयमा गम्भीर भएर सरकारले छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बन्नुपर्‍यो । सभामुखबाट रुलिङ हुनुपर्छ । दिउँसै रात पार्ने, लुट्ने काम भएको छ ।”

उनले विमानस्थलको यो अवस्था छ अरू भन्सारको अवस्था के होला भन्दै प्रश्न गरे ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro