site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गगन थापा, उपेन्द्र यादवदेखि सोविता गौतमसम्म १५ हजार जरिबानामा

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन खर्च विवरण नबुझाएका उमेदवारलाई १५ हजार जरिबाना तोकेको छ ।

तोकिएको समयमा निर्वाचन खर्च नबुझाउनेमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि रहेका छन् । काठमाडौं–४ बाट निर्वाचित थापाले खर्च नबुझाएकाले उनी पनि कारबाहीमा परेका हुन् । उनका प्रत्यासी तथा एमालेका नेता राजन भट्राईले पनि विवरण बुझाएका छैनन् ।

त्यस्तै, सप्तरी–२ बाट चुनाव हारेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पनि विवरण नबुझाउने लिस्टमा परेका छन् । उनी बारा–२ बाट उपनिर्वाचन जितिसकेका छन् ।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि १५ हजार बुझाउनुपर्नेमा परेका छन् । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना पनि कारबाहीमा परेकी छन् ।

त्यस्तै, राष्टिय स्वतन्त्र पार्टीबाट निर्वाचित सोविता गौतम, गणेश पराजुली पनि कारबाहीमा परेका छन् ।

माओवादी नेतृ पम्फा भुसाल, कांग्रेसको तनहुँ–२ का उमेदवार शंकर भण्डारी, काठमाडौं–६ का उमेदवार भीमसेनदास प्रधान पनि कारबाहीमा परेका छन् ।

विवरण नबुझाउने लिस्टमा काठमाडौं क्षेत्र नम्बर २ बाट पराजित भएकी पूर्वसभामुख ओनसरी घर्ती पनि परेकी छन् । पूर्वममुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले पनि विवरण बुझाएका छैनन् ।

काठमाडौं क्षेत्र नम्बर १ मा पराजित भएका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र, काठमाडौं–१ मा पराजित भएका रमेश खरेल पनि १५ हजार जरिबानामा परेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro