site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
केशवकुमारलाई कारबाही गर्न कोसीका मुख्यमन्त्री थापाको माग 

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य उद्धव थापाले अर्का केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीलाई कारबाही गर्न माग गरेका छन् ।

बिहीबार केन्द्रीय कार्यसमितिको बैठकमा थापाले गएको मंसिर ४ गतेको निर्वाचनमा झापा क्षेत्र नम्बर–२ का उमेदवार समेत रहेका कांग्रेसका झापा सभापति देउमान थेवेलाई हराउन भूमिका खेलेको भन्दै कारबाहीको माग गरे ।

बुधबारको बैठकमा बुढाथोकीले कोसी प्रदेशको नामकरणमा पार्टी नबोलेको भन्दै सरकारलाई मान्ने कि नमान्ने भन्ने प्रश्न गरेका थिए । बुढाथोकीको प्रश्नले कांग्रेसको मनोबल घटाएको थापाले बताए ।

“सिंगो कांग्रेसको मनोबल घटाएको छ । शक्ति खुम्च्याउने काम भएको छ । सिंगो कांग्रेसको मन रोएको छ,” उनले भने ।

बुढाथोकीले निर्वाचनमा गठबन्धनका उमेदवारलाई भोट नहाल्न भन्दै फोन गरेको रेकर्ड कार्यकर्ताको मोबाइलमा भएको थापाको भनाइ छ ।

“कांग्रेस झापा सभापतिलाई हराउने काम उहाँले गर्नुभएको छ । चुनावको मुखमा भागेर अष्ट्रेलिया गएर बस्नुभयो । चुनाव सकिएपछि नेपाल फर्किनुभएको छ,” उनले भने, “चुनावका बेलामा गठबन्धनका उमेदवारलाई भोट नदेऊ, झापाका सभापति देउमान थेवेलाई भोट नदेऊ भनेर उहाँले फोन गरेको कांग्रेसका कार्यकर्ताको मोबाइलमा रेकर्ड छ । पार्टी संकटमा हुँदा भागेर जाने, अवसरमा आउने ठूला कुरा गर्ने ?”

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro