site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने ! 
फाइल तस्बिर।

काठमाडौं । नेपाली कांग्रेसले एक वर्षपश्चात् भोलिदेखि सुरू हुने केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा अहिले बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सो विषयमा छलफल गरेको पूर्वमहामन्त्री शशांक कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार सभापति शेरबहादुर देउवाले बैठक लाइभ गराउने कि भन्ने विषयमा प्रस्ताव राखेर छलफल भएको हो ।

“भोलि लाइभ गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भयो । शेरबहादुरजीले नै प्रस्ताव राखेपछि छलफल गरेको हो,” उनले भने, “दुवै कुरा आएको छ । लाइभ गर्दा पनि हुन्छ भनिएको छ । अर्को कुरा लाइभ गर्दा ढुक्कले हृदयबाट बोल्न नसक्ने पनि कुरा आएको छ ।”

उनले यो विषयमा निर्णय भइनसकेकेको जानकारी दिए ।

“भोलि गरौँ, हेरौँ भन्ने कुरा भयो । सायद भोलि सुरुमै लाइभ हुन्छ । त्यसको प्रतिकृया हेरेर के गर्ने भन्ने निर्णय हुन्छ,” उनले भने ।

कोइरालाका अनुसार बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका आफ्ना नेता बालकृष्ण खाँणको विषयमा कुरा उठेन ।

“अघिल्लो बैठकमा कुरा भएको थियो । युवा साथीहरूको कारबाही गर्नुपर्छ भन्ने कुरा थियो । अर्को पक्ष हुँदैन भन्ने तर, ठोस कुरा भएको छैन,” उनले भने ।

कोइरालाका अनुसार बैठकमा गोपालमान श्रेष्ठले प्रतिवेदन पेस गर्ने तयारी छ । यस्तै, सरकारको बारेमा, प्रदशेको बारेमा, हरेक वडाको बारेमा प्रतिवेदन आउने र बैठकलाई खुला गर्ने विषयमा छलफल भएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro