site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेस प्रदेश सभा : पहिलो अधिवेशनमा के–के भयो ?

जनकपुरधाम । मधेस प्रदेश सभाको चालु पहिलो अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुखको कार्यालयले आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य हुने जनाएको हो । प्रदेश सभामा सभामुख रामचन्द्र मण्डलले पढेर प्रदेश प्रमुखको पत्र पढेर सुनाएका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले आजै अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । 

नयाँ सांसदहरूले ०७९ पुस १५ गते शपथ ग्रहण गरेका थिए । त्यसको तीन दिनपछि प्रदेश सभाको पहिलो बैठक बसेको थियो ।

यस अविधेशनमा ३६ वटा बैठक बसे । कुल ६१ घण्टा चलेको बेठकमा दुईपटक सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासका मत लिएका थिए । 

यस अवधिमा सातवटा विधेयक दर्ता भए । जसमध्ये दुई विधेयक प्रमाणीकरण भएका छन् । एउटा विधेयक पारित भएर प्रदेशप्रमुखको कार्यालयमा छ । चारवटा विधेयक दफाबार छलफलका लागि विषयगत समितिमा पठाइएको छ । 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  २१:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro