site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुमनाको 'गुन्डा' शब्द रेकर्डबाट हटाउन माग 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सुमना श्रेष्ठले बोलेका शब्द रेकर्डबाट हटाउन माग गरेका छन् । 

आज प्रतिनिधिसभाको १५ मिनेट स्थगित भएपछि बसेको बैठकमा बजगाईंले पहिलो बैठकमा श्रेष्ठले प्रयोग गरेको शब्द हटाउन माग गरेका हुन् । 

“माननीय सुमना श्रेष्ठज्यूले बहुमतका आधारमा पास गर्ने भए, गुन्डा शैलीमा पास गर्ने भए भन्ने अभिव्यक्ति दिनुभएका कारणले संसदीय मर्यादाभित्रको भाषा नभएका कारणले अविलम्ब डिलिट हुनुपर्छ भन्ने मेरो माग छ,” बजगाईंले भने ।

उनको मागप्रति सभामुख देवराज घिमिरेले अभिव्यक्ति हेरेर निर्णय दिने बताए । 

“माननीय सदस्यले उठाउनुभएको कुराप्रति ध्यानाकर्षण भएको छ,” उनले भने, “हामी यसलाई हेरेर अभिव्यक्ति के आएको छ । त्यसलाई बुझेर निर्णय गर्नेछौँ ।”

आजको बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० मा सुमनाले विरोधको सूचना राखेकी थिइन् ।

त्यसक्रममा उनले भनेकी थिइन्, "यो विधेयकमा पनि ह्विप लागेको छ भनेर एक्सक्युज बनाउने होला । क्रान्ति सम्भव छ सभामुख महोदय, वालेटको पेपरबाट । बन्दुकको नालबाट होइन,” उनले भनेकी थिइन्, “हामी त्यसमा विश्वास गर्छौं । हामीले जनताको बोझ बोक्ने हो । कार्यकर्ताको गुन्डाको बोझ बोक्ने होइन । यो कुनै हालतमा पेस गर्न दिनुहुँदैन । म फिर्ता लिन्न ।”

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro