site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी सरकारविरुद्धको रिटमा अन्तरिम आदेश जारी

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले अन्तरिम आदेश जारी गरेको हो । 

तर, अहिलेको सरकार कायमै रहने छ । दीर्घकालीन असर पर्ने खालका निर्णय पाउन रोक लगाइएको छ ।

गएको बिहीबार सभामुखसमेतलाई जोडेर सरकार गठन गरिएपछि नेकपा (एमाले)का तर्फबाट रिट दायर गरिएको थियो । कोसीका निवर्तमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर भएको रिटमा संविधानविपरीत सरकार गठन भएको दाबी गरिएको छ । 

रिटमा कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङग र प्रदेश सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro