site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सदन अवरोध हटाउन प्रचण्ड, देउवा र ओलीबीच छलफल
फाइल तस्बिर।

काठमाडौं । सदन खुलाउने विषयमा तीन दलका शीर्ष नेताबीच आज छलफल भएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो ।

तीन नेताबीच सिंहदरबारमा छलफल भएको हो । नेताबीच संसद्को अवरोध हटाउने विषयमा आइतबार पनि छलफल भएको थियो ।

तर, सहमतिबाट ओली पछि हटेको भन्दै आइतबारको प्रतिनिधिसभा बैठक आजलाई सारिएको नेताहरु बताउँछन् । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

एमालेले प्रधानमन्त्री प्रचण्डको विवादास्पद अभिव्यक्तिलाई लिएर पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro