site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)
फाइल तस्बिर

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । हिजो बस्दै नबसी सूचना टाँस गरेर सारिएको बैठक आज बस्ने भएको हो । 

संघीय संसद् सचिवालयका महासचिव डा. भरत गौतमले सूचना टाँस गरेर बैठक असार २५ (आज) ३ बजेका लागि सारिएको जानकारी दिएका थिए ।

यसअघि, हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा सभामुख देवराज घिमिरेले दिउँसो ३ बजेसम्मका लागि सारेका थिए ।

प्रधानमन्त्री प्रचण्डले केही दिनअघि नेपालमा भारतको चाहनामा मात्र सरकार बन्ने आशयको अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बैठक अवरोध गरिरहेको छ ।

बैठक चलाउने सहमति जुटाउन भन्दै हिजो प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री बोल्ने र बैठक चलाउने सहमति तीन नेताबीच भएको थियो । तर, अन्तिम समयमा आएर बैठक सारिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद् बन्द भएको बताएका थिए । 

ओलीले सदन सञ्चालन गर्न आफूहरू सकारात्मक भए पनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरू फिर्ता नभएकाले सहमत हुन नसकेको जिकिर गरे । उनले  प्रधानमन्त्रीको जेठ २१ गतेको वक्तव्यप्रति गम्भीर आपत्ति रहेको पनि बताए ।

ओलीले प्रधानमन्त्रीको राजीनामा आएपछि मात्रै सहमति जुट्ने बताए ।

यसैबीच, आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेलगायत सम्भावित कार्यसूची रहेको छ । 


 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro