site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले सांसदले गरे प्रदेशसभा बैठक अवरुद्ध

जनकपुरधाम । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले मधेस प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । मुख्यमन्त्री सरोजकुमार यादव र अर्थमन्त्री सञ्जय यादवको जवाफ माग गर्दै शनिबारको बैठक अवरुद्ध गरिएको हो ।

अर्थमन्त्री यादवले कानुन मिचेर असार मसान्तमा रकमान्तर गरी आफ्नो निर्वाचन क्षेत्रमा बजेट लगेको एमालेका सांसदले आरोप लगाएका छन् । अवरोधका कारण सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेको घोषणा गरे ।

एमालेका प्रमुख सचेतक लखनदास तत्माले मुख्यमन्त्री यादवको जवाफ माग गर्दै भने, “एमालेका मेयर भएको विदेह नगरपालिकामा ससर्त अनुदान किन दिइएन ? असार मसान्तमा सर्लाही जिल्लामा २२ वटा योजना रकमान्तर गरिएको छ । करिब १२ देखि १४ करोड रुपैयाँ के कति कारणले राखेको ?  रेडबुकमा बिचौलियाबाट ५ देखि १० प्रतिशत कमिसन उठाएर योजना समावेश भएको सुनेको छु ।”

मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने चेतावनी उनले दिए ।

यस्तै, एमालेका प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुरले बजेट भाषण भइसकेपछि अर्थमन्त्रीले बजेटको रकमान्तर गरेर नीतिगत भ्रष्टाचार गरेको आरोप लगाए ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro