site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
छिमेकीलाई 'कम्फर्टेबल' हुने गरी सरकार बनाउँदा भूराजनीतिक परिस्थिति पेचिलो बन्यो : लिङ्देन
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाएको भनेर सुनाउँदै जनतालाई प्रभाव दिन खोज्ने प्रधानमन्त्री देशले पाएको बताएका छन् । 

नेपाल प्राज्ञिक परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपालको भूराजनीतिक तथा सामरिक चुनौतीहरू विषय विचार गोष्ठीमा लिङ्देनले प्रधानमन्त्री बनाउनका लागि भित्रीरूपमा हुने चलखेल सबैलाई थाहा भए पनि अहिले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाएको भनेर सुनाएर प्रभाव दिन खोज्ने प्रधानमन्त्री देशले पाएको बताए ।

उनले छिमेकीलाई कम्फर्टेबल हुने गरी सरकार बनाउने कामले मुलुकको भूराजनीतिक परिस्थिति पेचिलो बन्दै गएको बताए । देशलाई सबै हिसाबले परनिर्भर बनाउने र कसैको आड लिएर सत्तामा टिकिरहने संस्कृतिले नेपाल गम्भीर भूराजनीतिक चपेटामा परेको अनुभव गरेको उनको भनाइ छ ।

लिङ्देनले विभिन्न आवरणमा विदेशीहरूको सेवा गरेर सत्तामा जाने प्रवृति बढिरहेको र आफ्ना चाहना पूरा गर्न विदेशी शक्ति पनि मुलुकमा हाबी हुन थालेको बताए ।

लिङ्देनले विदेशीलाई खुसी पार्नका लागि नै अहिले सेनामाथि पनि आक्रमण सुरु भएको र सेनाको संख्या घटाउनुपर्छ भन्ने आवाज उठ्न थालेको पनि बताए ।

 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  २१:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro