site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालेन भन्छन्– भारतीय गुलामहरूले देश चलाउँदै छन्, म मात्र विरोधमा ?
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले 'भारतीय गुलामले देश चलाइरहेको' टिप्पणी गरेका छन् । 

बिहीबार राति सामाजिक सञ्जालबाट बालेनले 'भारतीय गुलामहरूले देश चलाइरहँदा आफूले मात्र विरोध गरिरहेको' बताएका छन् ।

उनले आफूलाई प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि नै शंका लागेको पनि बताएका छन् । 

"दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा । भारतीय गुलामहरूले देश चलाउँदै छ र म मात्र विरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरू हुन् ?," बालेनले भनेका छन् ।

बालेनले राजनीतिक दलका नेताहरूमाथि निरन्तर तिखो टिकाटिप्पणी गर्दै आएका छन् ।

उच्च अदालतको आदेश नमान्ने बताएपछि उनीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।

 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  २१:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro