site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
क्रियाशील सदस्यतासम्बन्धी कामले गति लिएको छ : मीन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले क्रियाशील सदस्यतासम्बन्धी कामले गति लिएको बताएका छन् । केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै उनले यस्तो जानकारी गराएका हुन् । 

कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा महामन्त्रीद्वयलाई दिइएको क्रियाशील सदस्यतासम्बन्धी कामले गति लिएको उनले भेलालाई जानकारी गराए । जिल्ला सभापतिहरुलाई केन्द्रीय कार्यालयमा बोलाएर सदस्यतालाई अनलाइनबाट वितरण गर्ने प्रणालीबारे प्राविधिक सहयोगीहरुको प्रस्तुतिसहित जानकारी गराएको उनले बताए ।

महाधिवेशनको संघारमा मात्रै क्रियाशील सदस्यता नवीकरण गर्ने प्रचलनले अप्ठ्यारो परेकोमा अब नियमित रुपमा नवीकरण गर्न पाउने व्यवस्था गरेको उनले जानकारी दिए । उनले भने, “क्रियाशील सदस्यतासम्बन्धी विवाद र मतभेद कम हुने विश्वास लिएका छौँ ।”

आजकै बैठकमा पार्टीले आगामी दिनमा लिनुपर्ने रणनीति र कार्यक्रमबारे पनि छलफल भइरहेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बैठकको उद्देश्यबारे जानकारी गराएका छन् ।

भेलामा ६० जना भौतिक रुपमा र बाँकी जुममार्फत भर्चुअल्ली सहभागी छन् ।

भेलामा सहभागी जिल्ला सभापतिहरुले पार्टी नेतृत्व र सरकारबारे पनि धारणा राखेका छन् । उनीहरुले सरकारले पार्टीसँग समन्वय नगरेकोबारे ध्यानाकर्षणसमेत गराएका छन् ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro