site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको अभिव्यक्तिलाई अनावश्यक तोडमोड गरियो : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको अभिव्यक्तिलाई तोडमोड गरेर अनावश्यक हल्ला फिँजाइएको बताएका छन् ।

प्रेस सेन्टर नेपाल भरतपुरले बिहीबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई तोडमोड गरेर अनावश्यक हल्ला फिँजाइएको भन्दै प्रधानमन्त्री प्रचण्डको बचाउ गरेका हुन् ।

बहुमतबाट निर्वाचित प्रधानमन्त्रीको राजीनामाको माग गरेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताको विपरीत भएको उनको भनाइ छ । फरक प्रसङ्गमा उनले मिटरब्याजीविरुद्धको अध्यादेश निष्क्रिय भए पनि पीडितलाई न्याय दिने काम नरोकिने बताए ।

सरकारले गठन गरेको आयोग र जिल्लामा रहेको सहजीकरण समितिले आफ्नो कामलाई अघि वढाउने उनको भनाइ थियो । अध्यादेश निष्क्रिय हुने र विधेयक पारित नहुने स्थिति आउन नहुने उल्लेख गर्दै उनले पीडितलाई जुनसुकै अवस्थामा समेत न्याय दिइने जिकिर गरे ।

उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम अघि बढाइरहेको तथा प्रहरीले अपराध अनुसन्धान र भ्रष्टाचार नियन्त्रमा स्वतन्त्र ढङ्गले काम गरिरहेको दाबी गरे ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ११:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro