site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
एकल महिलाले चलचित्र ‘बगान’ निःशुल्क हेर्न पाउने 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बगान’ एकल महिलालाई निःशुल्क देखाइने भएको छ । असार २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र एकल महिलालाई निःशुल्क देखाउने निर्देशक सरोज खनालले जानकारी दिए । 

बुधबार चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक खनालले सिनेमाको कथावस्तु एकल महिलामा आधारित भएकाले उनीहरूको सम्मानमा निःशुल्क सिनेमा देखाउने निर्णय गरिएको बताए ।

चलचित्रमा करिष्मा मानन्धर, सरोज खनाल, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह र मिथिला शर्मालगायत कलाकारको अभिनय छ । सरोज खनालको लेखन तथा निर्देशन रहेको ‘बगान’ले एकल महिलाको संघर्षको कथा बोल्छ । 

सरोज खनालको डेब्यु निर्देशन ‘बगान’ असार २९ गते रिलिज हुँदै छ ।
 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro