site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित 

काठमाडौं । राष्ट्रिय सभाको बैठक भोलि (बिहीबार)सम्मका लागि स्थगित भएको छ । नेकपा (एमाले)को अवरोधपछि बैठक भोलि दिउँसो १ः०१ बजे बस्ने गरी स्थगित भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सोमबार प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्ति देशहितविरुद्ध रहेको भन्दै एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेपछि आज बैठक बस्न सकेन ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro