site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्थानीय तहमा दुईवटा मतपत्र

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा दुईवटा मतपत्रको व्यवस्था गरिने निर्णय गरेको छ ।

आयोगले निर्वाचनसम्बन्धी कानुनको मस्यौदामा स्थानीय तहका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदका लागि एउटा र वडा अध्यक्ष र वडा सदस्यको लागि दुई छुट्टाछुट्टै मतपत्रको व्यवस्था गरिने उल्लेख छ ।

दफा ९५ को (८) मा भनिएको छ, “स्थानीय तहका सदस्यको निर्वाचनको लागि प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदको लागि एउटा मतपत्र र वडा अध्यक्ष र वडा सदस्यको लागि एउटा गरी दुई छुट्टाछुट्टै मतपत्रको व्यवस्था गरिने ।”

यसअघि सातै पदका लागि एउटै मतपत्रको व्यवस्था गरिएको थियो । प्रदेश र प्रतिनिधिसभाको भने गएको मंसिरमा भएको निर्वाचनबाट मतपत्र छुट्याइएको थियो ।

 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro