site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीको मुख्यमन्त्री कांग्रेसका थापालाई बनाउने गठबन्धनको निर्णय

काठमाडौं । कोसी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसको प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अघि बढाउने गठबन्धन दलहरूले निर्णय गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

कोसी प्रदेशभित्र गठबन्धनमा सबैभन्दा ठूलो संख्या कांग्रेसको रहेकाले बाँकी सिट संख्या पुर्याउने जिम्मा पनि कांग्रेसलाई नै दिइएको उनले बताए । 

बैठकले विभिन्न प्रदेशमा मन्त्रिमण्डलमा राख्नुपर्ने सदस्यहरुको पनि टुङ्गो लगाएको उनले जानकारी दिए । 

त्यस्तै, जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराउने र मन्त्रालयका बारेमा उचित निष्कर्ष निकाल्ने सहमति भएको पाण्डेले बताए ।

बैठकमा विभिन्न विश्वविद्यालयका पदहरुको व्यवस्थापन गर्ने विषयमा पनि छलफल भएको पाण्डेले बताए ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro